Trending Now

प्रहरीका खेलाडी र प्रशिक्षकहरूको रासन रकम दोब्बर वृद्धि

काठमाडौँ, ३ भदौ : नेपाल प्रहरीमा कार्यरत खेलाडी तथा प्रशिक्षकहरूको रासन बापतको रकम वृद्धि गरिएको छ । उनीहरूले अब यसअघि पाउँदै आएको भन्दा दुई गुणा बढी पाउने छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, कराँते, तेक्वान्दो, जुडो, ड्रिल र पिटी प्रशिक्षक प्रशिक्षण तालिममा पोषणयुक्त डाइटका लागि शतप्रतिशत थप राशनको व्यवस्था गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१