Trending Now

भारतमा मुलधारे वर्षा : मुम्बइमा स्कुल, कलेज र सरकारी कार्यालय बन्द

काठमाडौं : भारतीय मौसम विज्ञान विभाग (IMD)ले भारी वर्षाको चेतावनी जारी गरेपछि बृहन्मुम्बई महानगरपालिका (BMC) ले आफू मातहतका सबै सरकारी तथा अर्धसरकारी कार्यालयहरू बन्द गर्न आदेश दिएको छ। यद्यपि,यो आदेश अत्यावश्यक सेवाहरूमा लागू हुनेछैन।

बीएमसीले मुम्बईका सबै निजी संस्थाहरूलाई कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन अपील गरेको छ। आईएमडीले मंगलबार मुम्बई र वरपरका क्षेत्रहरूमा वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले ४५ देखि ५५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नुका साथै भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

अधिकारीहरूका अनुसार मंगलबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा मुम्बईमा १८६.४३ मिमी, पूर्वी उपनगरहरूमा २०८.७८ मिमी र पश्चिमी उपनगरहरूमा २३८.१९ मिमी वर्षा भएको छ।

चार दिनदेखि भइरहेको मुसलधारे वर्षाले सामान्य जनजीवन प्रभावित भएको छ। बिहान ९:१६ बजे आएको उच्च ज्वारभाटा ३:७५ मिटर अग्लो थियो र राति ८:५३ बजे ३:१४ मिटर अग्लो हुने अनुमान गरिएको छ।

रेलवे ट्रयाकमा पानी

पीटीआईका अनुसार धेरै क्षेत्रमा पानी जम्दा यातायात र रेल सेवा प्रभावित भएको छ। रेलवे ट्र्याकहरू पनि डुबानमा परेका छन्। सहरका मानिसहरूले दादर, माटुंगा, परेल र सायनका तल्लो क्षेत्रहरूमा रेलवे ट्र्याकहरूमा पानी जमेको गुनासो गरेका छन्।

हिन्दमाता, अन्धेरी सबवे र पूर्वी एक्सप्रेस राजमार्ग, मुम्बई(गुजरात राजमार्ग र पूर्वी फ्रीवेका केही भागहरूमा पनि पानी जमेको रिपोर्ट गरिएको छ। भारी वर्षाका कारण बिहान मुम्बई उपनगरीय नेटवर्कमा अम्बिवली र शहाड स्टेशनहरू बीचको सिग्नलिङ प्रणालीमा प्राविधिक गडबडी भयो।

मध्य रेलवेका प्रवक्ताले बिहान ८ बजेसम्म, मुख्य लाइनमा लोकल रेलहरू औसत १० मिनेट र हार्बर लाइनमा पाँच मिनेट ढिलो चलिरहेको बताए।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१